Comments Add Comment

३० हजार घुससहित भूमिसुधार कार्यालयका नायब सुब्बा पक्राउ


३१ असार, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोली भूमिसुधार कार्यालय विराटनगरमा कार्यरत नायब सुब्बा दामोदर खतिवडालाई घूस रकमसहित पक्राउ गरेको छ ।

आइतबार अपरान्ह अख्तियारको टोलीले कार्यालयबाटै खतिवडालाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता नगेन्द्र भट्टराईले सेवाग्राहीले दिएको सूचनाको आधारमा उनलाई नगद सहित पक्राउ गरिएको जानकारी दिए ।

मोहियानी हक मिलाई दिने प्रलोभन देखाई सेवाग्राहीसँग उनले घूस वापत ३० हजार रुपैयाँ लिएका प्रवक्ता भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment