Comments Add Comment

सानिमा लाईफ इन्स्योरेन्स र नागरिक कम्यूनिटी हस्पिटलबीच सम्झौता


३१ असार, काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ ।

जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटल लि. ले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ ।

नागरिक कम्यूनिटी टिचिङ हस्पिटल लि. गठ्ठाघरमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरे ।

उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ र प्रबन्धक उषा खतिवडासमेतको उपस्थिति थियो ।

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहकह/m र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment