Comments Add Comment

खर्बुजामा रोनाल्डो, मेस्सी र एमबाप्पे !


३१ असार, काठमाडौं । विश्वकप फुटबलको लहर सबैतिर पुगेको छ । विश्व फुटबल पछ्याउने धेरै समर्थकले नौला लाग्ने काम पनि गरिरहेका देखिन्छन् ।

रसियामा एक कुकले पिजामा खेलाडीको चित्र बनाएर चकित पारे जस्तै चीनमा भने विद्यालयका एक शिक्षकले खर्बुजामा खेलाडीको आकृति बनाएका छन् ।

चीनको सेनयाङ टुरिजम स्कूलका शिक्षक जियाङ जोङमिनले खर्बुजामा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पेको आकृति बनाएका हुन् ।

उनले खर्बुजालाई नै विश्वकप फुटबलको ट्रफी जस्तो बनाएर त्यसको माथिल्लो भागमा खेलाडीको अनुहार कुदेका हुन् । विश्वकप फुटबललाई समर्थन गर्दै खेलाडीको सम्मानमा यसो गरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment