Comments Add Comment

रुपन्देहीमा दुईजना फरार अभियुक्त पक्राउ

३१ असार,बुटवल । विभिन्न मुद्दामा कैद सजाय भइ फरार दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले देवदहनगरपालिका -१० चरङ्गेका चित्रबहादुर अधिकारी र बुटवल उपमहानगरपालिका वडा नं.७ का मित्रप्रसाद गौचनलाई खोजतलासका क्रममा पक्राउ गरेको हो ।

लागू औषधसहित अन्य मुद्दामा २६ दिन कैद सजाय भइ फरार प्रतिवादी अधिकारीलाई निजकै घरबाट पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

यस्तै सवारी ज्यान मुद्दा र राहदानी मुद्दामा कैद र जरिवाना सजाँय भएका फरार अभियुक्त गौचनलाई पनि आˆनै घरबाट आइतबार पक्राउ गरी जिल्ला अदालत भैरहवामा बुझाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment