Comments Add Comment

लक्ष्मी बैंकको नयाँ शाखा लिसान खुपखर, लेखम र बलान बिहुलमा


३१ असार, काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम, र सप्तरीको बलान बिहुलमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यस नयाँ श्ााखाको साथ,लक्ष्मी बैंकको शाखा संजाल ८९, ४५ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढी रेमिटेन्स्, ५१ श्ााखा रहित बैंकिङ्गअनि चार सयभन्दा बढी मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

शाखाको विस्तार सँगै बैंकलेे ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment