Comments Add Comment

विश्वकप फाइनल : को को छन् सुरुवाती ११ मा ?

३१ असार, काठमाडौं । विश्वकप फुटबलको फाइनलका लागि क्रोएसिया र फ्रान्सले सुरुवाती ११ घोषणा गरेका छन् ।

खेल आइतबार राति पौने ९ बजे मस्कोको लुजिन्की रंगशालामा हुनेछ । सन् १९९८ मा विश्वकप जितेको फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया यसपटक समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

फ्रान्सले समूह चरणमा अस्ट्रेलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेेलेको थियो ।

अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले हराएको फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो ।

सेमिफाइनलमा लयमा देखिएको बेल्जियमलाई १-० ले हराएको थियो ।

क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २-०, अर्जेन्टिनालाई ३-० र आइसल्याण्डलाई २-१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १-१ को बराबरीपछि टाइब्रेकरमा ३-२ ले विजयी भएको क्रोएसिया क्वाटरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो ।

क्वार्टरफाइनलमा रसियासँग २-२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४-३ ले विजयी भएको थियो । सेमिफाइनलमा बलियो मानिएको इंग्ल्याण्डलाई २-१ ले हराएको थियो ।

को को छन् सुरुवाती ११ मा ?

फ्रान्स 

गोलकिपर – हृयुगो लोरिस

डिफेन्डर – बेन्जामिन पभार्ड, राफेल भराने, स्यामुअल उमटीटी, लुकास हर्नान्डेज

मिडफिल्डर – पोउल पोग्वा, एन्जेलो कान्टे, ब्लेस माटुडी

स्ट्राइकर – एन्टोनी गि्रजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरउड

क्रोएसिया

गोलकिपर – डानियल सुवासिक

डिफेन्डर – सिमे भरसाल्ज्को, इभान स्टिनिक, डेजान लोभरेन, डेमागज भिडा

मिडफिल्डर – इभान र्‍याकिटिक, लुका मोडरिक, मार्सेलो ब्रोजोभिक

स्ट्राइकर – इभान पेरेसिक, मारियो मान्जुकिज, एन्टे रेबिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment