Comments Add Comment

प्रशासनको अनुमतिपछि दरबारमार्गमा पुनम पाण्डे नाच्ने

३१ असार, काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलअघि विशेष प्रस्तुतिका लागि आएकी भारतीय अभिनेत्री पुनम पाण्डे अन्तत दरबारमार्गको कार्यक्रममा सहभागी हुन पाउने भएकी छन् ।

दरबारमार्गको डेजाभू नाइट क्लबमा उनको प्रस्तुतिका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।

आइतबार साँझ पाण्डे सहभागी हुने कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएपछि डेजाभूमा कार्यक्रम हुने भएको हो ।

उनलार्इ डेजाभूले नेपाली फ्यानहरूसँग आफ्नो नृत्य देखाउँदै विश्वकपको फाइनल हेर्न क्लबले निम्त्याएको थियो ।

तर, प्रशासनको अनुमतिबिनै प्रहरीलार्इ समेत झुक्याएर कार्यक्रम गर्न खोजेपछि प्रहरीले डेजाभूमा निगरानी बढाएको थियो । आइतबार साँझ डेजाभूले अनुमति लिएपछि जिल्ला प्रशासन कार्यालयको आग्रहमा उक्त कार्यक्रमका लागि प्रहरीले शान्ति सुरक्षासमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment