Comments Add Comment

मोडरिकको मेस्सीकै नियती ! फाइनल हारे तर, गोल्डेन बल जिते

काठमाडौं । क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् ।

शनिबार भएको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको थियो । तर, मोडरिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल जिते ।

चार वर्ष अघि अर्जेन्टिनाका लिओनल मेस्सीको अवसथा यस्तै थियो । फाइनलमा अर्जेन्टिना जर्मनीसँग हारेको थियो तर, मेस्सीले गोल्डेन बल जितेका थिए ।

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले ६ गोल गरे । यस्तै गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment