Comments Add Comment

सर्पको तस्वीर देखेपछि डाक्टरले लगाइदिए ८० सुई

कतिपय सर्पहरु निकै विषालु हुन्छन् र त्यस्ता सर्पले डस्यो भने मानिसको तत्कालै मृत्यु हुन्छ । सर्पदंशमा विरामीको तत्कालै उपचार भएन भने ज्यान जाने जोखिम धेरै हुन्छ ।

तर, भारतमा हालै एउटा यस्तो घटना भएको छ, जहाँ डाक्टरले सर्पको तस्वीर देखेको भरमा विरामीलाई लगातार ८० पटक सुई लगाइदिएका छन् ।

घटना भारको मध्यप्रदेशस्थित धार जिल्लाको हो । स्थानीय एक गाउँका युवकलाई सर्पले डस्यो । सुरुमा उनलाई झारफुक गरियो । तर निको नभएपछि स्थानीय अस्पताल लगियो । ती युवकको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियो ।

डाक्टरहरु तुरुन्तै उनको उपचारमा जुटिहाले । डाक्टरहरुले ती युवकसँग उनलाई डसेको सर्पको बारेमा सोधे । त्यसपछि उनले आफुलाई डसेको सर्प यहीँ हो भन्दै ह्वाट्सएपमा सर्पको तस्वीर देखाए । सर्पको तस्वीर देख्ने वित्तिकै डाक्टरहरुको होसहवास उड्यो । उनलाई डसेको सर्प निकै खतरनाक तथा विषालु परेछ ।

त्यसपछि डाक्टरहरुले युवकलाई सुईबाट एन्टी भेनम औषधि दिएर तत्कालै उपचार सुरु गरे । सामान्यतया जिउमा सर्पको विष फैलिसकेको र सर्प पनि निकै विषालु रहेको भन्दै उनलाई एकपछि अर्को गर्दै ८० वटा सुई दिइयो र बल्ल उनको ज्यान जोगियो । सर्पदंशमा यतिधेरै सुई दिइएको यो पहिलोपटक भएको बताइएको छ ।

आफुलाई सर्पले डसेपछि उनी रोइकराई गर्दा गाउँलेहरु त्यहाँ आएर सर्पलाई मारेछन् र ती मध्ये एकजनाले उक्त सर्पको फोटो खिचेका रहेछन् । सोही फोटोलाई ती युवकको ह्वाट्सएपमा पठाइएको रहेछ ।

धन्न उनले डाक्टरहरुले आफ्नो मोबाइल भएको सर्पको फोटो देखाउन पाए । जसका कारण सर्प कति विषालु हो भन्ने कुरा डाक्टरहरुले थाहा पाए र सोही अनुरुप अत्यधिक धेरै सुई दिएर उनको ज्यान बताइयो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment