Comments Add Comment

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरीको फन्दामा परिएला ! (भिडियोसहित)

३२ असार, काठमाडौं । सिन्धुलीका युवा थापा र सम्झना थापा आइतबार सडक पार गरिरहेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो र कापीमा नाम टिप्यो । जथाभावी बाटो काटेको आरोपमा उनीहरुलाई केहीबेर जेब्रा क्रसिङको नियमबारे ट्राफिक प्रहरीले प्रशिक्षण दिए ।

त्यसैगरी त्रिपुरेश्वरका कुमार श्रेष्ठ र श्रीराम पण्डित पनि जथाभावी बाटो काट्दै गर्दा प्रहरीको फन्दा परे ।

के तपाई पनि आकाशे पुल र जेब्रा क्रसिङबाट बाटो नकाटी जथाभावी सडक पार गर्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने होस गर्नुहोला, काठमाडौंको सडकमा आइतबारदेखि व्यापकरुपमा प्रहरीहरु परिचालन गरिएका छन्, जसले तपाईलाई समातेर प्रशिक्षणमा पठाउन सक्छ ।

आइतबार रत्नपार्क, बानेश्वर लगायतका चोकमा परिचालित प्रहरीहरुले सैयौं यात्रुहरुलाई नियन्त्रणमा लिएर प्रशिक्षण दिई पठाएका थिए । यो क्रम सोमबार पनि जारी छ ।

जथाभावी बाटो काटिरहेका यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएर सडकको छेउमा भेला गराउने गरेका छन् । त्यसरी भेला पारिएका यात्रुहरुलाई जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो काट्नुपर्ने र सडकमा हिँड्दा ख्याल गर्नुपर्ने कुराहरु सिकाइने गरेको छ ।

‘हामी जेब्रा क्रसबाट हिँड्नुपर्छ र आकाशे पुलको प्रयोग गर्नुपर्छ’ पक्राउ गरिएका यात्रुहरुलाई ससडकको किनारामा प्रशिक्षण दिँदै ट्राफिक प्रहरीका एक इन्स्पेक्टरले भने– ‘बच्चाहरु चकचके हुन्छन्, त्यसैले उनीहरुलाई कुनापट्टिको साइटमा लिएर हिँड्नुपर्छ ।’

हेर्नुहोस् तस्वीर

यो पनि पढ्नुस् 

अब भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म अाउन टाइम कार्ड

जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो नकाटे २ घण्टा प्रशिक्षण लिनुपर्ने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment