Comments Add Comment

पीएसजीमै बस्ने एम्बाप्पेको चाहना

काठमाडौं । विश्वकपको फाइनलमा गोल गर्दै फ्रान्सलाई उपाधि दिलाउन भूमिका खेलेका युवा स्ट्राइकर केलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेनप्रति प्रतिवद्ध देखिएका छन् ।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई भित्र्याउन रियल मड्रिड, म्यानचेष्टर सिटी लगायतका क्लब इच्छुक देखिएका छन् । तर, एम्बाप्पेले भने पीएसजीमै रहने बतँएका छन् । ‘म पीएसजीमै बस्छु, उनीहरुसँगै यात्रा गर्नेछु’ उनले भने ।

‘म आफ्नो कसियर सुरु गर्दैछु ।’

क्रोएसियालाई ४–२ ले हराएर फ्रान्सले विश्वकप जित्दा एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन् ।

यो स्थानसम्म पुग्न आफूले धेरै मेहनत गरेको भन्दै उनले भने, ‘तर, यो अन्त्य होइन, हामीले यसलाई जारी राख्नुपर्छ । मलाई अगाडि जाने महत्वकांक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment