Comments Add Comment

नेकपामा मर्यादाक्रम हेरफेर, भातृ संगठनका पदाधिकारी मर्यादाविहीन !

अनुशासन, लेखा र निर्वाचन अयोगका अध्यक्षको मर्यादा बढ्यो

३२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भातृ संगठनका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर भएको छ । अनुशासन, लेखा र निर्वाचन आयोगका अध्यक्षको मर्यादा बढाइएको छ ।

यसअघि भातृ संगठनका पदाधिकारीको पार्टीभित्रको मर्यादाक्रम जिल्ला कमिटी सदस्यसरह हुने व्यवस्था थियो । नियमावलीमा प्रस्तावित व्यवस्थाअनुसार भातृ संगठनका पदाधिकारीहरु पार्टीका अन्य कमिटीमा रहन नपाउने भनिएको थियो ।

तत्कालीन एमाले र माओवादी दुबैतिरका भातृ संगठनका पदाधिकारीहरुले विरोध गरेपछि भातृ संगठनका पदाधिकारीको मर्यादाक्रमको बुँदा नै हटाइएको स्रोतले जनाएको छ ।

अब सबै जनसंगठनका पदाधिकारीहरु कुनै न कुनै पार्टी कमिटीमा संगठित हुनेछन् र, उनीहरु जुन कमिटीमा आवद्ध हुन्छन्, उनीहरुको मर्यादाक्रम पनि सोही कमिटीमा हुनेछ । पहिलेजस्तो भातृ संगठनका पदाधिकारीको छट्टै मर्यादाक्रम अब रहने छैन ।

पार्टीको केन्द्रीय सचिवालयले पारित गरेर प्रकाशनका लागि पठाइएको नियमावलीमा जनसंगठनका पदाधिकारीहरु अनिवार्यरुपमा पार्टी कमिटीमा संगठित हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैवीच अनुशासन, लेखा र निर्वाचन अयोगका अध्यक्षलाई स्थायी कमिटी सदस्य र सचिवलाई पोलिटब्यूरो सदस्यका हैसियतमा बैठकमा सहभागी हुने व्यवस्था नियमावलीमा थपिएको छ । यसअघि आमन्त्रित सदस्यको मात्रै हैसियत दिइएकोमा ती नेताले लिखित असहमति राखेका थिए ।

ठूलो आकारमा तल्ला कमिटी

नेकपामा केन्द्रीय कमिटीको संख्या २९९ बाट ४४१ बनेपछि प्रदेश र जिल्ला कमिटीहरुको आकार पनि बढेको छ । स्रोतका अनुसार जिल्ला कमिटीहरुको सदस्य संख्या न्यूनतम १२५ देखि अधिकतम २२५ सदस्यीय हुने भएको छ ।

संशोधित व्यवस्था अनुसार एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला कमिटी १२५ सदस्यीय हुनेछन् । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा एक निर्वाचन क्षेत्र बराबर १० सदस्य थप हुनेछन् । यसो गर्दा सबैभन्दा बढी १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा २२५ सदस्यीय जिल्ला कमिटी हुनेछ । ६ निर्वाचन क्षेत्र भएको मोरङमा १८५ सदस्यीय जिल्ला कमिटी हुनेछ ।

केन्द्रीय कमिटीको संख्या बढेसँगै प्रदेश कमिटीको संख्या पनि बढेको छ । प्रदेश कमिटीको संख्या न्यूनतम १५१ तोकिए पनि एक निर्वाचन क्षेत्र बराबर २ सदस्य थपिने भएका छन् ।

त्यसो गर्दा सबैभन्दा बढी प्रदेश ३ मा ३३ निर्वाचन क्षेत्रबाट ६६ जना थप हुँदा प्रदेश कमिटी २१७ सदस्यीय हुने भएको छ । प्रदेश २ कमिटी २१५ सदस्यीय हुनेछ । सबैभन्दा कम प्रदेश ६ कमिटी १६३ सदस्यीय हुनेछ ।

महानगर, नगर, गाउँ, वडा र प्रारम्भिक कमिटीको संख्या भने यथावत राखिएको छ । नेकपाको महानगर कमिटी ७५ सदस्यीय, उपमहानगर ६१ सदस्यीय, गाउँपालिका कमिटी ५१ सदस्यीय, वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीय हुनेछन् ।

यो पनि पढ्नुहोस्

वाम सरकारको ‘वार्मअप’ सकियो, अब ओलीले के गर्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment