Comments Add Comment

आमिरले मन नपरेको प्रोजेक्ट शाहरुखलाई धकेले

बलिउडका बादशाह शाहरुख खान पछिल्लो समयमा भने केही सुस्ताएका छन् । अन्य दुई खान हिरो आमिर र सलमानभन्दा उनी पछि पर्दै गएका छन् । उनका पछिल्लो फिल्महरु फ्यान, डियर जिन्दगी, रइस, जब ह्यारी मेट सेजल कुनैले पनि सोचेजस्तो व्यापार गरेनन् ।

यही भएर शाहरुखका फ्यानहरुलाई उनको आगामी फिल्म ‘जिरो’ को तीव्र प्रतिक्षा छ । यो फिल्ममा उनले एउटा पुड्को व्यक्तिको भूमिका निर्वाह गरेका छन् ।

जिरोको चर्चा हुँदै गर्दा अर्को एउटा खबर बाहिरिएको छ । आमिर खानले आफूलाई मन नपरेको एउटा प्रोजेक्ट शाहरुखको जिम्मा लगाइदिएका छन् र शाहरुखले यसलाई स्वीकारेका छन् ।

यो फिल्म हो भारतीय अन्तरिक्षयात्री राकेश शर्माको बायोपिक ‘स्यालुट’ । पटक-पटक स्त्रिmप्ट परिवर्तन गर्न लगाउँदा पनि चित्त नबुझेपछि आमिरले यो फिल्म छोडेका थिए । यद्यपि, उनले नयाँ फिल्म ‘महाभारत’ मा व्यस्त हुनुपरेको बहाना बनाएका छन् । जबकि महाभारतको काम अहिले होल्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment