Comments Add Comment

हरेक भेटमा महेश भट्टलाई गुरुदक्षिण बुझाउँछन् अनुपम खेर

दिग्गज बलिउड अभिनेता अनुपम खेर र पुराना निर्देशक महेश भट्टबीच निकै गहिरो र रोचक सम्वन्ध छ । यतिसम्म कि अनुपम आफ्नो हरेक आम्दानीको सानो हिस्सा महेशलाई बुझाउने गर्छन् । यो सिलसिला ३४ वर्षदेखि चल्दै आएको छ ।

३४ वर्षअगाडि महेशले आफ्नो फिल्म ‘सारांश’ बाट अनुपमलाई डेब्यू गराएका थिए । त्यतिबेला ३० वर्षका अनुपमले सो फिल्ममा ७० वर्षको वृद्धको भूमिका निभाएका थिए । धेरैले उनलाई वृद्धको भूमिका नगर्न सुझाव नदिएका होइनन् । तर, अनुपम जोखिम मोल्न हिच्किचाएनन् ।

अन्ततः त्यही भूमिका अनुपमको करिअरमा माइलस्टोन सावित भयो । उक्त फिल्म हिट भयो भने अनुपम पनि चर्चित बने र उनलाई अफरहरुको ओइरो लाग्न थाले । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।

आफूलाई पहिलो अवसर दिने निर्देशक भट्टलाई अनुपमले गुरु मान्दै आएका छन् । उनी हरेक भेटमा गुरुदक्षिणाका रुपमा केही रकम अर्पण गर्छन् ।

एक अन्तरवार्तामा अनुपमले भने, ‘कुनै पनि चलचित्र वा अन्य प्रोजेक्ट साइन गरिसकेपछि सबैभन्दा पहिला गुरुलाई भेट्छु र आफूले पारिश्रमिकको रुपमा पाएको रकमको केही हिस्सा उहाँलाई अर्पण गर्छु । किनकी उहाँले मलाई अवसर नदिनुभएको भए म यो इन्डष्ट्रीमा सायद हुने थिइनँ ।’

अनुपम अहिले फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ मा व्यस्त छन् । यो पूर्व भारतीय प्रधानमन्त्री मनमोहन सिंहको बायोपिक हो जसमा उनले शिर्ष भूमिका निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment