Comments Add Comment

फ्यानसँग शाहरुखको रमाइलो प्रश्नोत्तर

बलिउड अभिनेता शाहरुख खान कुनै पनि प्रश्नमा छिटो र सटिक उत्तर दिन माहिर छन् । उनको सेन्स अफ ह्युमरपनि राम्रो छ ।

हालै उनी सुटिङका लागि जाने क्रममा करिब आधा घन्टा इन्स्टाग्रामार्फत फ्यानहरुसित रमाइलो संवादमा रमाए । उक्त संवादमा फ्यानहरुले शाहरुखका व्यक्तिगत विषयमा रोचक प्रश्नहरु सोधेका थिए । र, शाहरुखले पनि त्यस्तै रमाइला जवाफ दिए ।

केही प्रश्न र जवाफ यस्ता थिएः

फ्यानः तपाईं किन यत्ति हट हुनुहुन्छ ?

शाहरुखः ‘रेड चिल्लिज’ को कारणले । (रेड चिल्लिज शाहरुखको प्रोडक्सन कम्पनीको नाम हो)

फ्यानः तपाईंको उमेर कति भयो ?

शाहरुखः विकिपेडीयामा चेक गर्नुस

फ्यानः तपाईं किन यति धेरै ह्यान्डसम ?

शाहरुखः के गरुँ, यस्तै जन्मिएँ ।

फ्यानः तपाईंले किन चाँडै बिहे गर्नुभयो ?

शाहरुखः लभ र लक जहिले पनि आउन सक्छ । मेरो जीवनमा यी दुवै गौरीको रुपमा चाँडै आए ।

फ्यानः तपाईं यतिबेला कहाँ हुनुहुन्छ ?

शाहरुखः तपाईंको दिलमा ।

फ्यानः सलमान खानलाई एक शब्दमा वर्णन गर्नुस न

शाहरुखः भाई

फ्यानः तपाईंसँग एक भेटका लागि बिन्ति गर्छु, के सम्भव छ ?

शाहरुखः कहाँ हुनुहुन्छ, म आफैं भेट्न आउँछु

फ्यानः तपाईं कसरी फिट रहनुहुन्छ ?

शाहरुखः म धुम्रपान गर्दिन, दैनिक १० घन्टा सुत्छु आम मानिसको जीवन बाँच्छु र झूटो बोल्दिन । -शाहरुखको लाइफ स्टाइल यसको ठिक उल्टो छ)

फ्यानः तपाईं दैनिक कतिपटक दिशा गर्नुहुन्छ ?

शाहरुखः योभन्दा झूर प्रश्न केही थिएन तिमीसँग सोध्नलाई ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment