Comments Add Comment

‘विराङ्गना’ निर्देशकले शिल्पालाई किन भने ‘सराप’ लाग्छ ?


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘विराङ्गना’ले सिंगल थिएटरमा राम्रो कमाई गरेको भन्दै यसको निर्माणपक्षले केक काटेर खुशियाली साट्यो ।

तर, खुशियालीमा चलचित्रका मुख्य कलाकारद्धय नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल सहभागी भएनन् । यसले, निर्देशक राजबहादुर सानेको चित्त खुबै दुख्यो ।

उनले, कार्यक्रममा बोल्ने क्रममा नायिका शिल्पा पोखरेललाई दर्शकको सराप लाग्ने बताए । सानेले किन शिल्पालाई यस्तो भने त ? अनलाइनखबरसँग कुरा गर्दै सानेले भने-‘मैले उहाँलाई दर्शकको सराप लाग्छ भनेको थिए । किनकी, हलमा आउनु भएको दर्शकले उहाँलाई खुबै खोज्नुभयो । तर, उहाँ हलमा पुग्न मान्नुभएन ।’

चलचित्रको प्रचारका क्रममा कलाकारहरुले नकारात्मक कुरा गरेको भन्दै सानेले आफूलाई निकै दुःख लागेको बताए । उनले, अर्को चलचित्रमा शिल्पालाई लिने बिषयमा सोच्ने समेत बताएका छन् । शिल्पा चलचित्रको प्रचारमा पनि आफूहरुको करले हिडेको उनको भनाई छ ।

अहिले चलचित्रले राम्रो कमाई गर्दा पनि कलाकारले खुशी साट्न नपाएको उनले बताए । सानेले भने-‘चलचित्रको बिषयमा कलाकारले नै नकारात्मक कुरा गर्दा पनि चलचित्र चलिदियो । तर, उहाँहरुले खुशी साट्न आफ्नै कारणले सक्नुभएन ।’

आफूले शिल्पालाई नै मुख्य भूमिकामा राखेर चलचित्र बनाएको तर, उनले धोका दिएको निर्देशकको गुनासो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment