Comments Add Comment

श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने प्रस्ताव मन्त्रिपरिषदमा


३२ असार, काठमाडौं । सरकारले तत्कालै सबै श्रमिकको तलव बैंक खातामै आउने व्यवस्था गर्ने भएको छ । सरकारले सोमबार मन्त्री परिषदबाट श्रमिकको तलब बैंक खातामार्फत नै भुक्तानी गर्ने व्यवस्था सहितको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

सरकारी कार्यालय, प्राभइभेट प्रतिष्ठा, संघसंैस्था लगायतका हकमा फरक-फरक समयसीमा राखेर यो नियम लागू गर्न प्रस्ताव गरिएको छ । सबै तलवलाई बैंकमार्फत भुक्तानी गराउने व्यवस्था मिलाउन लाग्ने समय दिएर यसलाई अनिवार्य गर्ने तयारी भएको हो ।

कतिपय स्थानीय तहमा अझै बैंक नपुगेकाले पनि व्यवस्था कार्यान्वयनमा केही कठिनाई छ । तर, सरकारले जतिसक्दो छिटो सबै स्थानीय तहमा बैंकको शाखा पुर्‍याउन लागेकाले केही समयपछि नै नियम कार्यान्यवन देशब्यापी हुनेछ ।

अब श्रमिकको तलव बैंकिङ च्यानलबाटै भुक्तानी गर्ने व्यवस्था मिलाउन श्रम नियमावलीमै व्यवस्था गरिएको छ । अब सो व्यवस्था कार्यान्वयन कसरी गर्ने भनेर प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले तोकिएको र र सम्झौता बमोजिम पनि कामदारलाई पारिश्रमिक नदिने रोजगारदाताहरुलाई कस्न यस्तो व्यवस्था गर्न लागेको हो । यस्तो भएमा न्युनतम् पारिश्रमिक लागू हुने र कागजमा मात्रै धेरै तलव देखाउने तर, नदिने प्रवृत्ति अन्त्य हुने विश्वास सरकारको छ ।

विद्यालय, अस्पताल, बैंक तथा वित्तीय संस्था र केही प्राइभेट ब्यापारिक फर्ममा काम गर्ने कामदारहरु अत्यन्तै कम पारिश्रमिकबाट पीडित हुनुपर्ने अवस्था देखिएपछि सरकारले यो तयारी थालेको हो ।

‘मेडिकल कलेजहरुले नर्सहरुलाई ९ हजार पनि नदिने गरेको पाइयो,’ मन्त्रालयका एक अधिकारीले भन्छन्,’निजी विद्यालयका शिक्षकहरु पीडित छन् । कागजमा धेरै तलव देखाउने तर, नदिने भइरहेको छ । त्यसैकारण बैंकमार्फत नै अनिवार्य तलव भुक्तानीको व्यवस्था गर्न लागेका हौं ।’

यो व्यवस्थापछि कम्पनी तथा फर्महरु नवीकरण गर्दा बैंकमार्फत भुक्तानी दिएको कर्मचारीको तलव विवरण बुझाउनुपर्नेछ । यदि न्युनतम् पारिश्रमिक लागू नगर्नेहरुलाई सरकारले श्रम अडिटमार्फत कारवाही पनि गर्न सक्नेछ ।

यो व्यवस्थापछि सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम पनि बढ्नेछ । अहिले धेरै र्फमहरुले समाजिक सुरक्षा कोषका लागि कामदारको तलवबाट १ प्रतिशत समाजिक सुरक्षा रकम काटे पनि जम्मा गरिरहेका छैनन् । जम्मा गर्नेहरुले पनि तलव कम देखाएर फाइदा लिइरहेका छन् । सरकारले हालै मजदुरको न्यनतम् तलव १३ हजार ४५० रुपैयाँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment