Comments Add Comment

संसद बैठक : विपक्षी सांसद उभिरहे, नेकपा भन्छ-सहमति उल्लंघन भयो

३२ असार, काठमाडौं । चिकित्सा शिक्षा विधेयकको विरोधमा विपक्षी सांसदहरुले संसद बैठक अवरुद्ध पारेका छन् । तर, सत्तारुढ नेकपाका सांसदहरुले भने नियमापत्ति मात्र गरेनन्, सहमति उल्लंघन गरेको आरोप लगाएका छन् ।

सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । सांसद मीन विश्वकर्माले अध्यादेश विपरीत विधेयक आएको र आमरण अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको बताए ।

कांग्रेस सांसद उभिरहेका बेला नेकपाका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गरे । प्रतिस्थापन विधेयक ल्याउँदा अध्यादेशको हुबहु भएन भनेर अवरोध गरेको कांग्रेसले नियमित विधेयक ल्याउँदा अवरोध गर्दैनौं भनेको दाबी गरे ।

उनले केही सांसद उभिदैंमा संसद अवरुद्ध भएको नमानिने दाबीसमेत गरेका छन् ।

लगतै नेकपाका अर्का सांसद खगराज अधिकारीले पनि चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियामा ल्याउँदा अवरोध नगर्ने सहमति उल्लंघन भएको दाबी गरे ।

सभामुखले पनि कांग्रेस सांसदहरुलाई सदनको कारबाही अघि बढाउन सहयोगको आग्रह गरे । तर, कांग्रेस सांसदहरु उभिरहे र संसद बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment