Comments Add Comment

भिरबाट लडेर डोल्पामा एकको मृत्यु

३२ असार, डोल्पा । डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भइ डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यापार व्यवसाय गर्दै आएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ ।

बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर गएका उनी साझसम्म नफर्केपछि असार ३१ गते साँझ ८ बजे खोज्दै जाँदा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा पर्ने कामीवाडा नजिकै पाल्च खोला नजिकै मृत अवस्थामा भेटिएको एकै डेरामा बस्दै आएका हरि वादीले बताए ।

प्रहरी चौकीका प्रमुख रोमहर्ष सिजवालले स्थानीय बासिन्दासँगै बस्दै आएका साथीहरुले लडेर मृत्यु भएको बताए पनि घाउचोट केही नदेखिएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको र मृतकका आफन्त कोही नभएको पनि सिजवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment