Comments Add Comment

‘भैरे’ अर्गानिक चलचित्रः बर्षा


हुनत, नेपाली चलचित्रमा नायिका बर्षा सिवाकोटीको क्रेज त्यस्तो पावरफूल बनेको छैन । उनले, लामो ग्यापमा चलचित्रमा काम गर्दा पनि दर्शक प्रतिक्षामा रहन्छन् भन्ने अवस्था छैन । तर, पनि बर्षाको उपस्थितीले चलचित्रलाई केही फरक पार्छ भन्ने निर्माताको सोचाई छ ।

साउनको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘भैरे’मा नायिका सिवाकोटीले कलाकार बुद्दि तामाङको जोडीको रुपमा काम गरेकी छिन् । उनले, यो चलचित्रमा आफ्नो भूमिका अन्य चलचित्रमा भन्दा फरक रहेको बताइन् । उनले भनिन्-‘यो विशुद्ध नेपालीपन बोकेको चलचित्र हो । दर्शकले मनोरञ्जनसँगै केही सिक्ने अवसर पनि पाउनुहुनेछ ।’

उनले चलचित्रलाई अर्गानिक भनिन् । चलचित्रमा रोमान्स, प्रेम, विछोड, इमोसन सबै भएको उनले बताइन् । आफूलाई भर्सटायल नायिकाको रुपमा चिनाउन यो चलचित्रले मद्दत गर्ने बर्षाको भनाई छ ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो चलचित्रमा बषर्ाको साथमा दयाहाङ राई, सुरक्षा पन्त, वुद्दि तामाङ, विक्रान्त बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment