Comments Add Comment

आर्यन र श्रृष्टीको प्रेम र विछोडको कथामा ‘बाँध मायाले’

असोज ५ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘बाँध मायाले’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा दृश्यलाई स्थान दिइएको छ ।

संवाद समावेश नगरिएको टिजरमा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको प्रेम, विछोड, द्धन्द्ध, पीडालाई स्थान दिइएको छ । रामहरि धिताल र विभिषिका श्रेष्ठको लगानीमा तयार भएको यो चलचित्रबाट किशोर खड्का नव-कलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् ।

अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन निर्देशन छ । चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment