Comments Add Comment

नयाँ आर्थिक वर्षलाई नेप्सेको ‘ग्रीन सिंग्नल’,३२ करोडको कारोबार


३२ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आर्थिक वर्ष २०७५/७६ लाई ग्रीन सिग्नल देखाएर स्वागत गर्दै आर्थिक वर्ष २०७४/७५ को बिदाई गरेको छ । साताको पहिलो दिन ८ अंकले बढेको सेयर बजार सोमबार १२ दशमलव २७ अंकले बढेर चालु आर्थिक वर्षलाई बिदाई गरेको हो ।

सोमबार १ हजार २ सय ९८ को बिन्दुबाट शुरु भएको सेयर कारोबार १२ दशमलव २७ अंकले बढ्दा नेप्से परिसूचक १ हजार २ सय १२ दशमलव ३६ अंक आइपुगेको छ ।
सोमबार अधिकांश सूचकहरु हरियाली देखिँदा सबैभन्दा धेरै बीमा समूह १४७ दशमलव ०२ अंकले वृद्धि भएको छ ।

जलविद्युत समुह ५० दशमलव २३ अंकले वृद्धि भएको छ भने उत्पादक तथा प्रशोधन समूह ३२ दशमलव ५१ अंकले वृद्धि भएको छ ।

यसैगरी उता होटल समूह ३२ दशमलव २९ अंकले, विकास बैंक समूह २४ दशमलव ५९ अंकले, लघुवित्त समूह १२ दशमलव ६२ अंकले, बैंकिङ समूह ६ दशमलव ०५ अंकले, फाइनान्स समूह २ दशमलव ८८ अंकले र ट्रेडिङ्ग समूह १ दशमलव ९४ अंकले बढेको छन् ।

सोमबार कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर १ सय ५९ कम्पनीहरुका ११ लाख ५९ हजार ६ सय ११ कित्ताको सेयर किनबेच हुँदा ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment