Comments Add Comment

सानिमा बैंकका स्थानीय तहका सम्पूर्ण शाखाहरु सञ्चालनमा

३२ असार, काठमाडौं । सानिमा बैंक लिमिटेडलेे विभिन्न गाउँपालिकाहरुमा थप १६ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे नेपाल राष्ट्र बैंकले तोके बमोजिम २०७५ असार मसान्त सम्म सम्पूर्ण स्थानीय तहका शाखाहरु सञ्चालनमा ल्याएको छ ।

नुवाकोटको किस्पाङ र शिवपुरी, दैलेखको डुङ्गेश्वर, मकवानपुरको बाग्मती र कैलाश, पर्साको पर्सागढी र पटेर्वा सुगौली, ललितपुरको कोन्ज्योसोम, उदयपुरको उदयपुरगढी, इलामको फाकफोकथुम, सुर्खेतको चिङ्गाड, डडेल्धुराको भागेश्वर, खोटाङको दिप्रुङ चुईचुम्मा, कालिकोटको सान्नी त्रिवेणी, बाजुराको हिमाली र दोलखाको मेलुङ्गमा शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाहरुबाट बंैकले उक्त क्षेत्रका कृषक, व्यवसायी, सर्वसाधारण तथा स्थानिय निकायलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment