Comments Add Comment

संघीयता असफल हुने पहिलो सूचक प्रादेशिक राजधानी विवाद- महासचिव शर्मा

३२ असार, डोटी । राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले बिभिन्न प्रदेशमा देखिएको प्रादेशिक राजधानी सम्वन्धी विवाद संघीय शासन असफल हुने संकेत भएको बताएका छन् ।

‘सैद्धान्तिक रुपमा संघीयता गलत होला तर नेपालको संदर्भमा संघीयता उपयुक्त छैन’ राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालन गरेको महंगी, भ्रष्टाचार र संघीयताको बिरुद्धको राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगत सोमवार जिल्ला प्रशासन कार्यालय, डोटी अगाडि गरेको कोणसभामा बोल्दै महासचिव शर्माले भने, ‘नेपाल जस्तो गरीब मुलुकले संघीयता धान्न सक्दैन ।’ उनले संघीयताले जनताको सार्वभौम अधिकार बिभाजन गरेको बताए ।

उनले प्रादेशिक राजधानी तोक्नका लागि सरकारले अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने वताए । ‘प्रदेश सभाको बहुमतको आधारमा राजधानी तोक्दा विवाद बल्भिmने हो,’ उनले भने, ‘यदि अहिलेको संसदले दुई तिहाईको आधारमा राजधानी तोक्यो भने अर्को संसदले उल्टाउने खतरा हुन्छ ।’

संबिधानमा प्रदेश सभाको दुई तिहाई बहुमतबाट स्थायी राजधानी तोक्ने भनी तोकेको प्रसंग उल्लेख गर्दै शर्माले संसदको बनोट अनुसार राजधानी सर्दै जाने खतरा रहने बताए ।

उनले बिज्ञहरुको सहभागिता अधिकार सम्पन्न आयोग बनाइनु पर्ने र आयोगले दिएको प्रतिवेदनको आधारमा राजधानी कायम हुनु पर्ने बताए ।

उनले प्रदेश तहलाई शासकीय होइन प्रशासकीय संरचना बनाउनु पर्ने समेत बताए । ‘स्थानीय तह र केन्द्रीय तहमा शासकीय संरचना हुँदा ठिकै हुन्छ,’ शर्माले भने, ‘केन्द्र र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रादेशिक प्रशासकीय संरचना हुनु पर्छ ।’ संघीयता खारेज हुनु पर्ने शर्माको माग छ ।

कोणसभामा राष्टिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले अहिले देशमा महंगी र भ्रष्टाचार बढेको भन्दै सरकारको आलोचना गरे । ‘यो सरकारले कर र महंगी बढाएर जनताको ढाड सेक्ने काम गरेको छ,’ योगीले भने, ‘भ्रष्टाचार दिन प्रतिदिन बढिरहँदा पनि सरकारले नियन्त्रण गर्ने ठोस् उपाय अपनाउन सकेको छैन ।’

उनले सरकारका कारण राष्ट्रियतासमेत खतरामा परेको उल्लेख गरे । उनले भने, ‘हिजोका दिनमा राष्ट्रियताको चर्को स्वरले वकालत गर्ने केपी ओलीले अरुण तेश्रो भारतलाई सुम्पेर भारतप्रतिको भक्तिभाव सुरु गरेका छन् ।’

सचिव योगीले ७ नं. प्रदेशको तराईका जिल्लाहरुमा दिनदिनै अपराधका घटना भएको बताउँदै प्रश्न गरे, ‘जनताको सुरक्षा गर्न नसक्ने सरकारले कैलालीमा राजधानी राखे त्यसको सुरक्षा गर्न सक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment