Comments Add Comment

युएईका कप्तान रोहन मुस्ताफा काठमाडौं किंग्सबाट खेल्ने

३२ असार, काठमाडौं । काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि काठमाडौं किंग्सले संयुक्त अरब इमिरेट्सका कप्तान रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ ।

केही समयअघि ईपीएलका लागि आयरल्याण्डका खेलाडी केभिन ओब्रायनलाई अनुबन्ध गरेको काठमाडौं किंग्सले दोस्रो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा मुस्ताफालाई भित्र्याएको हो ।

रोहनले यसअघि नेपालमै भएको धनगढी प्रिमियर लिग पनि खेलेका थिए । टिम चौराहाबाट खेलेका उनी म्यान अफ दि सिरिज भएका थिए ।

रोहन मुस्ताफा एक दशकदेखि युएई क्रिकेट टिमबाट खेलिरहेका छन् । उनले ट्वान्टी ट्वान्टी र एक दिवसीय गरी युएईबाट ५० भन्दा बढी खेल खेलिसकेका छन् ।

नेपालबाट फेरि खेल्न पाएकोमा खुशी व्यक्त गरेका काठमाडौं किंग्सले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment