Comments Add Comment

‘माछीले खाने खोलीको लेउ’को टिमले ल्यायो अर्को गीत


‘माछीले खाने खोलीको लेउ’ गीतको गुञ्जन अहिलेसम्म पनि उस्तै छ । गाउँघर होस् वा सहर, विहेभोज होस् वा कुनै सेलिब्रेसन, यो गीत बज्ने गर्छ । यही गीतको अर्को शृंखला बजारमा आएको छ । गीत हो, पानी कुवाको । गायक सरोज ओली र स्मिता दाहालले स्वरवद्ध गरेको गीतको माधुर्यले जो कोहीलाई लठ्याउन सक्छ ।

गीत त सुनिरहँु लाग्ने छ नै, यसको भिडियो पनि कम्ता रमाइलो छैन । गीतको भिडियोमा कार्टुन्ज क्रुलाई फिचरिङ गराइएको छ । नेपाली मौलिक पहिरनमा ठाँटिएर नृत्य गरेको गीतमा अभिनेत्री पि्रयंका कार्कीलाई समेत देख्न सकिन्छ ।

दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

यो गीतको भिडियो गायक सरोज ओलीले आफ्नो जन्मदिन पारेर सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment