Comments Add Comment

दुई लाख ८० हजार घुससहित शिक्षा कार्यालय प्रमुख पक्राउ

३२ असार, काठमाडौं । कपिलवस्तुका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र पराजुली २ लाख ८० हजार रुपैयाँ घुसहित पक्राउ परेका छन् ।

कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सूचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पराजुलीलाई घुस लिइसकेको अवस्थामा सरकारी निवासबाट पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment