Comments Add Comment

राप्रपाको प्रदेश १ मा पदाधिकारी र सदस्य मनोनित

३२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश १ समितिको पदाधिकारी र सदस्य मनोनयन गरेका छन् ।

प्रदेश १ का अध्यक्ष राम थापाको सिफारिसमा ७ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन गरेका हुन् । प्रदेश १ उपाध्यक्षमा प्रल्हादकुमार साह (मोरङ), लिलादेवी श्रेष्ठ (इलाम), तेजकुमार कुरुम्बाङ (पाँचथर) र सचिवमा बासुदेव भट्टराई (झापा) मनोनित भएका छन् ।

त्यस्तै प्रवक्तामा मोरङका केदार कोइराला, कोषाध्यक्षमा मोरङकै दयाराम भट्टराई, सहसचिवमा खोटाङका ललितबहादुर राई मनोनित भएका राप्रपा प्रचार विभाग प्रमुख तथा सहप्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा नरेन्द्रकुमार पौडेल (ताप्लेजुङ), रामकुमार राजवंशी (झापा), बालानन्द भुर्तेल (धनकुटा), निकहट वानो  (सुनसरी), नवराज पोखरेल (उदयपुर) मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment