Comments Add Comment

चिहान बेच्न सरकारले खुलायो चिट्ठा !


मान्छे गाड्ने चिहान जनतालाई बेच्नका लागि सरकारले गोलाप्रथाको सहारा लिएको सुन्नुभएको छ ? जर्मनीमा यस्तो घटना भएको छ ।

जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा स्थानीय सरकारले चिहानका लागि चिट्ठा खोल्न लागेको हो ।

अन्त्येष्टि स्थलको निकै नै अभाव रहेको उक्त क्षेत्रमा चिहानका लागि जग्गाको माग उच्च छ । तर माग अनुरुप चिहान उपलब्ध हुन सकेको छैन । त्यसैले चिहानका लागि उपलब्ध सीमित जग्गा व्यवस्थित ढंगले स्थानीय बासिन्दालाई उपलब्ध गराउनका लागि सरकारले गोलाप्रथाको घोषणा गरेको छ ।

१७ औँ शताब्दीदेखिको उक्त अन्त्येष्टिस्थलमा स्थान अभावका कारण वर्षौँदेखि स्थानीय बासिन्दाको निवेदन स्थानीय सरकारले अस्विकृत गर्दै आएको थियो । हालै प्रयोगमा नआएको आसपासको जमिनलाई उपयोग गरी २ सय वटा चिहानका प्लट तयार गरिएको छ । नयाँ तयार पारिएको तिनै चिहान बनाउने जग्गाको टुक्रा बेच्नका लागि सरकारले गोलाप्रथाको घोषणा गरेको छ ।

सरकारले उक्त गोलाप्रथामा भाग लिनका लागि सबैसँग निवेदन माग गरेको छ । बुधबार गोला हालिनेछ र २ सय जनाले चिहान जित्नेछन् । अहिलेसम्म २ सय ८० वटा निवेदन परिसकेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment