Comments Add Comment

पेरिसमा विश्व विजेता टोलीको भब्य स्वागत

१ साउन, काठमाडौं । विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । विश्वकपको ट्रफी लिएर आएका खेलाडीहरुको स्वागतमा हजारौं भेला भएका थिए ।

आइतबार क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको थियो ।

माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई शहर घुमाइएको थियो ।

फ्रान्सले विश्व विजेता टिमलाई देशकै सर्वोच्च सम्मान लिजन दी अनर दिने घोषणा गरिसकेको छ ।

विश्वकप जितेपछि फ्रान्सको हरेक ठाउँमा समर्थकहरुले रातभर खुसी मनायो । त्यसक्रममा केही शहरमा हिंसा समेत भएको थियो । पेरिस, स्ट्राजबर्ग लगायतका स्थानमा झडप भएपछि प्रहरीले अश्रुग्यास हान्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment