Comments Add Comment

नेकपाको सचिवालय बैठकमा गोविन्द केसीको कुरा उठ्ने

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपाको सचिवालय बैठकमा सहभागी नेताहरु । तस्वीर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

१ साउन, काठमाडौं । पार्टी सञ्चालन नियमावली र विधानको केही प्राविधिक विषय टुंगो लगाउन  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमावली र विधानबारे छलफल हुनेछ ।

वामदेव गौतम कार्यदलले गरेको सिफारिसमा केही विवाद देखिएको नेताहरुले बताएका छन् । कार्यदलले केन्द्रीय सदस्यलाई गाउँपालिका इञ्चार्ज बनाउने, जिल्ला अध्यक्ष र इञ्चार्जहरु प्रदेश कमिटीमा नराख्ने लगायतका सुझाव दिएको छ ।

विधान र नियमावली प्रकाशनमा पठाउनु अघि नेताहरूबीच सर्वसम्मति कायम गर्न महासचिव विष्णु पौडेलले सचिवालय बैठक राखेको स्रोतले जनाएको छ ।

बैठकमा गोविन्द केसीको अनशन र त्यसलाई लिएर भइरहेको आन्दोलनका साथै सरकारका कामकारबाहीबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment