Comments Add Comment

रेखा थापाको चलचित्र मालिकाको पहिलो गीत ‘हल्का माया के माया…’ रिलिज

काठमाडौं / नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत रिलिज भएको छ ।
चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो ।

कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ । केटीको केटासँग होइन देशसँगको प्रेम छ ।’ निर्माता कार्कीले भने ।

स्वयम निर्माता तथा स्कृप्ट राइटर कार्कीकै शब्दमा रहेको गीतको संगीत सुरेश अधिकारीको रहेको छ भने स्वर अन्जु पन्तको छ ।

नायिका तथा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीको अभिनय रहेको गीतमा पूर्व-पश्चिम रेलको परिकल्पना गरिएको छ ।
चलचित्र मालिका लक्ष्मी पूजाको दिन रिलिज हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment