Comments Add Comment

सरकारले दूरसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्तिको प्रक्रिया थाल्यो

१ साउन, काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ । त्यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले सचिव महेन्द्रमान गुरुङ संयोजक रहेको सिफारिस समिति गठन गरेको छ ।

समतिले अब प्राधिकरणमा अध्यक्षसहित एक सदस्य नियुक्तीका लागि खुला प्रतिस्पर्धामार्फत छनोटको प्रक्रिया थाल्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । समितिले प्राधकरणको कानुनतर्फका एक सदस्य नियुक्तिका लागि पनि सिफरिस गर्नेछ ।

समितिले खुला प्रतिस्पर्धाका लागि आह्वान गर्नेछ । दरखास्त दिनेमध्ये ३ जनको नाम सर्ट लिस्टमा राखेर मन्त्रिपरिषद्मा नियुक्तिका लागि सिफारिस हुनेछ ।

वर्तमान सरकारले निर्वाचन आचारसंहिता लागेपछि कांग्रेस नृतत्वको अघिल्लो सरकारले गरेको नियुक्तीहरु खारेज गरेको थियो ।

पद धरापमा परेपछि प्राधिकरणका अध्यक्ष दिगम्बर झा सर्बोच्चमा थमौति माग्दै पुगेका थिए । सर्बोच्चले अन्तरिक आदेशमार्फत थमौति गरे पनि उनले रिट फिर्ता लिएका थिए ।

सरकारको उक्त निर्णयले प्राधिकरणका सदस्य हेमकुमार श्रेष्ठको पनि पद गएको थियो । अब प्राधिकरणमा नयाँ नेतृत्व चयनका लागि प्रक्रिया थालिएको छ ।

नयाँ सरकार आएपछि प्राधिकरणले गरिरहेका सबैजसो काम रोकिएको थियो । सरकारले सकै कामलाई यथास्थितिमा राख्न निर्देशन दिएपछि प्राधिकरणका ३ महिनादेखि कामविहीन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment