Comments Add Comment

करले इन्टरेनटको मूल्य बढेपछि एनसेलले ल्यायो राहत प्याकेज


१ साउन, काठमाडौं । नेपाल सरकारले इन्टरेनटमा पनि सेवा शुल्क लगाउने नीति ल्याएपछि आजदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ । जसका कारण टेलि कम्युनिकेसन र इन्टरेनट सेवा प्रदायकले ग्राहकसँग बढेको मूल्य असुल गर्नेछन् ।

तर, एनसेलले भने करअघिको मूल्यमा कुनै परिवर्तन नगरी तीन महिनाका लागि प्रयोगकर्ताका लागि राहत प्याकेजसमेत ल्याएको छ । जसले गर्दा प्रयोगकर्ताले सहुलियत दरमा डेटाप्याक खरिद गरी प्रयोग गर्न सक्नेछन् ।

आफ्ना ग्राहकको सुविधाको लागिकम्पनीले यहि श्रावण १ देखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँयोजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिक डेटा प्याकहरु ल्याएको छ ।त्यस्तै भ्वाइस सेवामाथप टक टाईम प्रदानगर्दै कम्पनीले नयाँदैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरुल्याएको छ ।ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनिप्याक सुचारु गरीथपलाभलिन सक्नेछन् ।

‘‘एनसेलले नेपालको नियमतथाकानुनको सदैव सम्मानतथापालनागर्दछ । साथै डेटा तथाभ्वाइस सेवामाल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमाथपमुल्यप्रदानगर्ने हाम्रो प्रतिबद्घतालाई थपउजागर गर्दछ,’’ एनसेलकाप्रमुखकमर्सियल अधिकृत एन्डी चोङ्गले भने ।

नयाँडेटा योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थपमुल्यप्रदानगर्ने गरी आकर्षक प्याकल्याएको छ । उदाहरणका लागि दैनिकप्याकमाग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमाथप३५ एमबिको फोरजि डेटाभल्युमबोनस स्वरुपनिःशुल्कप्राप्तगर्नेेछन् ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्येकुनै पनिविकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन् । साथै भ्वाइस प्याकलिनकालागिएस्ट्रिक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशनअनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनिप्याक सुचारु गर्न सकिन्छ ।

नयाँ दुरसचार सेवाशुल्कलागु हुँदामुल्यमा पर्ने असरलाई केहि कमगर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्गप्याक, बिजप्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ ।

लोकलकलमालाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रतिमिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरीएसएमएस, डेटा सेवाअन्तर्गतको पे एज यु गो, सापटि तथापोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमापनिकुनै परिवर्तन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment