Comments Add Comment

यी हुन् भारतमै तीन सय करोड कमाउने बलिउड फिल्म, शाहरुख छैनन् क्लवमा

बलिउड अहिले विश्वमै दोस्रो ठूलो चलचित्र उद्योगका रुपमा स्थापित छ । केही वर्ष अगाडिसम्म त्यहाँ कुनै फिल्मले १ सय करोड कमाउनु ठूलो कुरा मानिन्थ्यो । तर, अहिले मामुली फिल्मले पनि सय करोड कमाउने गरेका छन् ।

नाम चलेका स्टारहरुले अभिनय गरेको फिल्मले भारतभित्रै दुई-तीन करोड कमाउन थालेका छन् । पहिलो पटक आमिर खान अभिनित फिल्म ‘पिके’ले भारतभित्र तीन सय करोड कमाईको रेकर्ड राखेको थियो । त्यसयता ७ वटा फिल्म तीन सय करोड क्लवमा प्रवेश गरिसकेका छन् । सलमान खानका तीन र आमिर खानका दुई फिल्म यो क्लवमा छन् भने शाहरुख खानको यसमा उपस्थिति छैन ।

दंगल 
आमिर खानको प्रमुख भूमिका रहेको फिल्म दंगल भारतमा सर्वाधिक व्यापार गर्न सफल बलिउड फिल्म हो । यसले ३ सय ८६ करोडभन्दा बढिको व्यापार गरेको छ । यो फिल्म कुस्ति खेलाडी महावीर फोगटको बायोग्राफीमा आधारित छ । फिल्ममा साक्षी ताँवर, फतिमा साना सेख, जायर बसिम लगायतका कलाकारहरु छन् । यो फिल्म २०१६ मा प्रदर्शन भएको हो ।

पीके
सन् २०१४ मा रिलिज भएको ‘पीके’ फरक विषयवस्तुका कारण चर्चामा रह्यो र दर्शकले मन पराए । फिल्ममा आमिर खानले एक एलियनको भूमिका निभाएका छन् । फिल्मले राजनीतिक र धार्मिक क्षेत्रलाई व्यंग्य गरेको छ । यसले भारतमा ३ सय ४० करोड भारु कमाएको थियो । राजकुमार हिरानी निर्देशित यस फिल्ममा अनुष्का शर्मा र सञ्जय दत्त पनि छन् ।

बजरंगी भाइजान
सलमान खानको प्रमुख भूमिका रहेको फिल्म ‘बजरंगी भाइजान’ भारतमा आएर हराएकी एक पाकिस्तानी बालिकालाई आफ्नो घरमा फर्काउने मिसनमा आधारित छ । यो फिल्मको समिक्षकहरुले निकै तारिफ गरेका थिए । फिल्मले ३ सय २० करोड भारुभन्दा बढि कमाएको थियो । यसमा सलमानको जोडीको रुपमा करिना कपुर छिन् भने बालकलाकार हषर्ाली मल्होत्राको पनि अहम् भूमिका छ ।

टाइगर जिन्दा हे
गत वर्ष रिलिज भएको ‘टाइगर जिन्दा हे’ एक्सन थ्रिलर हो । सलमान खान र कटि्रना कैफको प्रमुख भूमिका रहेको फिल्मलाई कविर खानले निर्देशन गरेका हुन् । समिक्षकले खार्सै नरुचाए पनि फिल्म ब्लकबस्टर भएको थियो । अघिल्लो वर्ष रिलिज भएको यो फिल्मले भारतमा ३ सय ३९ करोड कमाई गर्‍यो ।

सञ्जु
अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक ‘सञ्जु’ अहिले पनि हलहरुमा चलिरहेको छ । यो यस वर्षको सर्वाधिक कमाई गर्ने फिल्म बनिसकेको छ । फिल्ममा रणवीर कपुरले प्रमुख भूमिका निभाएका छन् । हालसम्म भारतमा यस फिल्मले ३ सय ६ करोड कमाएको छ । फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका हुन् ।

पद्मावत
निर्माण अगाडि तीव्र विवादमा आएको फिल्म ‘पद्मावत’ ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म हो । यसमा रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपुरको प्रमुख भूमिका रहेको छ । यसै वर्ष प्रदर्शनमा आएको यस फिल्मले तीन सय २ करोड कमाएको थियो । फिल्मको निर्देशन सञ्जय लिला भन्सालीले गरेका हुन् ।

सुल्तान
अली अब्बास जाफरको निर्देशनमा बनेको यो फिल्म सन् २०१६ मा प्रदर्शनमा आएको हो । यसमा एक ४० वषिर्य बक्सरको कथा देखाइएको छ । सलमान खान र अनुष्का शर्माको प्रमुख भूमिका रहेको यो फिल्मले तीन सय करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment