Comments Add Comment

‘मैले कसैको डाहा गरेर ‘मेघास्टार’ किन भनियो भनेकी हैन’: रेखा थापा


चलचित्र ‘चपली हाइट’ रिलिज भएर चर्चा कमाइरहेको समयमा नायिका रेखा थापाले सो चलचित्रकी नायिका विनिता बराललाई अबकी नम्बर १ नायिका भनेर घोषणा गरिदिइन् । बिनिताको सो अभिनयले आलोचना र चर्चा दुबै पाएको थियो ।

कतिपयले बिनिताले चलचित्र क्षेत्रमा छाडापन भित्राएको भन्दै आलोचना पनि गरेका थिए । तर, सो समयमा नम्बर १ को स्थानमा रहेकी रेखाले बिनितामा नम्बर १ हुने गुण देखेकी थिइन् । तर, त्यसपछि बिनिता बराल यति चाडै चलचित्र क्षेत्रबाट हराइन् कि, आज उनी गुमनाम छिन् ।

उनै, नायिका रेखा थापाले अहिले नायक प्रदिप खड्कालाई नम्बर १ भन्न थालेकी छिन् । प्रदिप खड्कालाई नम्बर १ भनिरहेको समयमा उनै रेखा थापा फेरि, २-४ वटा चलचित्र खेल्ने वित्तिकै कसैलाई स्टार, मेघास्टार भन्दै उपमा दिदा उसलाई त्यो उपमा धान्न गाह्रो हुने तर्क पनि गरिरहेकी छिन् ।

केही दिन अगाडि एक स्मारिकामा आफूले यत्रो चलचित्रमा काम गर्दा पनि महानायिका, मेघास्टार भन्न मिडिया डराएको तर अहिले २ वटा चलचित्र खेल्नेलाई मेघास्टार भनिएको भन्दै रेखाले आक्रोश व्यक्त गरेकी थिइन् ।

उनै, रेखाले आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा आफ्नै भनाइमाथि स्पष्टिकरण दिएकी छिन् । रेखाले भनिन्-‘मैले कसैको इष्र्या, डाहा गरेर उसलाई यसो किन भनियो भन्न खोजेकी होइन । तर, २ वटा चलचित्र हिट हुने वित्तिकै स्टार, मेघास्टारको उपमा दिदा उसलाई धान्न गाह्रो हुन्छ भनेकी मात्र हुँ ।’

रेखाले २ वटा चलचित्र खेल्ने वित्तिकै ठूलो बनाएर मुल्यांकन गर्दा त्यसले अप्ठ्यारो पर्ने बताइन् । अहिले चलचित्र क्षेत्रमा कलाकार कम भएको भन्दै उनले सबैलाई काम अनुसारको चर्चा दिन आवश्यक रहेको बताइन् ।

उनले, आफूलाई कुनै पनि उपमा नचाहिएको समेत बताइन् । उनै, रेखाले स्मारिकामा भने आफूलाई ‘महानायिका, मेघास्टार’ नभनिएको भन्दै आक्रोश पोखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment