Comments Add Comment

‘झमकबहादुर’को दोश्रो ट्रेलर रिलिज


पहिलो ट्रेलर सार्वजनिक भएसँगै साउथको चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपी भनेर आलोचना भोगेको चलचित्र ‘झमकबहादुर’को निर्माणपक्षले यसको दोश्रो ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रका निर्देशक भोमन कटुवालले दोश्रो ट्रेलरले चलचित्र मौलिक कथामा बनेको छ भनेर वुझ्न सकिने बताए । उनले, सुन तस्बरी, लुट र अपहरणको कथामा यो चलचित्र बनेको समेत बताएका छन् ।

ट्रेलरमा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन महर्जन, सुजाता थापाको मुख्य भूमिका छ । ओम सुनारको संगीत रहेको चलचित्रमा राजु किराँतको एक्सन छ ।

मिन कुमार तामाङले निर्माण गरेको चलचित्रमा पवन गौतमको छायांकन छ । यो चलचित्र साउनको १८ गतेबाट नेपालभर रिलिज हुनेछ । चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको दाबी यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment