Comments Add Comment

चलचित्र विकास बोर्डमा निकिताको पुनर्बहाली

१ साउन, काठमाडाैं । चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ती बदर गर्ने वर्तमान सरकारको निर्णयपछि उनी पदमुक्त भएकी थिइन् ।

निकिताले आफू प्रक्रियागत रुपमा नै बोर्डको अध्यक्ष पदमा नियुक्त भएको भन्दै सरकारको निर्णयप्रति असहमती जनाउँदै सर्वोच्चमा उजुरी दिएकी थिइन् ।

सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको हो । योसँगै निकिताको चलचित्र विकास बोर्डमा पूर्नबहाली हुने भएको हो ।

चलचित्र विकास बोर्डले मंगलबारबाट बक्स अफिस काठमाडौंमा लागू गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment