Comments Add Comment

सुरक्षाका कारण बैंकहरु स्थानीय तह जान सकेनन् : राष्ट्र बैंक

१ साउन, काठमाडौं । नेपाल राष्ट्र बै‌ंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाई भइरहेको स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएको बैंकमा पनि सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरे ।

रसुवालगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक संचालनमा समस्या आएको भन्दै उनले सुरक्षाको उचित व्यवस्था गर्न अर्थ मन्त्रालयसँग अनुरोध गरेका हुन् ।

राष्ट्र बैंकले यही असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक सञ्चालन गरिसक्ने योजना बनाएको थियो । डेपुटी गभर्नर शिवाकोटीले कतिपय स्थानमा सुरक्षा चुनौतीका कारण बैंक सञ्चालनमा कठिनाई भइरहेको पनि स्पष्ट पारे । ७ सय ५३ वटा स्थानीय तहमध्ये हालसम्म ५ सय ५६ वटा स्थानीय तहमा मात्रै बैंक स्थापना गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment