Comments Add Comment

माइतीघरमा नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप

१ साउन, काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि माइतीघरमा प्रहरीले लाठीचार्ज गरेको छ ।

माइतीघरमा प्रहरीले बनाएको बार तोडेर वानेश्वरतर्फ जान लाग्दा प्रहरीले लाठी र बुट हानेर भीडलाई तिरतबितर पारेको थियो ।

त्यस क्रममा नेविसंघ अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री आनन्दराज त्रिपाठीलगायत १० भन्दा धेरै घाइते भएका छन् ।

घाइतेको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको हो । सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

नेविसंघले जुम्लामा आमरण अनसनरत डा‍. गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment