Comments Add Comment

आर्थिक वर्षको पहिलो दिन नै नेप्सेको ‘रेड कार्ड’

१ साउन, काठमाडौं । आर्थिक वर्ष ०७५/७५ को पहिलो दिनलाई सेयर बजार परिसूचक (नेप्से)ले ‘रेड कार्ड’ देखाएको छ । सेयर बजार ८.०५ अंकले घटेर नयाँ आर्थिक वर्षको पहिलो दिनलाई ‘रेड कार्ड’ देखाएको हो ।

मंगलबार सेयर बजारका अधिकांश समूह राताम्मे देखिदा नेप्से परिसूचकमा ८.०५ अंकको गिरावट आयो । १ हजार २ सय १२ दशमलव ११ अंकबाट शुरु भएको कारोबार घटेर १ हजार २ सय ४ दशमलव ३१ को बिन्दुमा आइपुगेको छ ।

मंगलबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक भने १ दशमलव ५८ अंकले घटेर २ सय ५३ दशमलव ६२ अंकमा पुगेर बन्द भएको छ ।

मंगलबार सेयर कारोबार रकममा समेत गिरावट देखिएको छ । दिनभर ५ लाख १४ हजार १ सय ६१ कित्ताको सेयर किनबेच हुँदा जम्मा २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैयाँ कारोबार भएको छ ।

कारोबार रकमका हिसाबले मंगलबार नबिल बैंक अग्रस्थानमा देखिएको छ । नविलको ५ करोड ८१ लाख ८३ हजार ८७५ रुपैयाँ कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment