Comments Add Comment

ट्रक समितिद्वारा २५ लाख राहत रकम प्रदान

१ साउन, बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले समितिमा आवद्ध व्यवसायी,चालक र सहचालक गरी ६ जनालाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।

सामुहिक दुर्घटना बीमा कोषबाट उक्त रकम राहत स्वरुप प्रदान गरिएको हो । समितिले व्यवसायीको मृत्यु भएमा परिवारलाई राहत स्वरुप १० लाख तथा चालक र सहचालकको परिवारलाई जनही ३ लाख राहत रकम प्रदान गर्ने गरेको छ ।

समितिले दुर्घटनामा मृत्यु भएकी सुनवल ३ नदुवा निवासी ३९ वर्षीय शोभाकुमारी पौडेलका श्रीमान रामप्रसाद पौडेललाई १० लाख, व्यवसायी दुर्गा तिवारीकी श्रीमती रेनु तिवारीलाई ५ लाख, भोलानाथ कुँवरकी श्रीमती अजोध्या कुँवरलाई ५ लाख राहत रकम प्रदान गरेको हो ।

त्यसैगरी ट्रक चालक माधवबहादुर रानाको मृत्यु भएकोमा निजकी श्रीमती गोमा रानालाई ३ लाख र वीमावाट आएको ५ लाख गरी ८ लाख रुपैयाँ समितिका अध्यक्ष टिकाराम गौतमले प्रदान गरेका हुन् ।

समितिमा आवद्ध व्यवसायीहरुलाई प्रदान गर्ने औषधि उपचार खर्च मध्येको कोषवाट ईन्दुदेवी कलवार र ललितबहादुर मल्ललाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment