Comments Add Comment

सिन्धुपाल्चोक र काठमाडौं महिला राष्ट्रिय फुटबलको फाइनलमा

१ साउन, हेटौंडा । उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता-२०७५ को फाइनलमा सिन्धुपाल्चोक र काठमाडौं भिड्ने भएका छन् ।

मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सिन्धुपाल्चोकले ताप्लेजुङको चुनौती १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यसअघि काठमाडौंले मकवानपुरलाई ३-० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

फाइनल खेल विहीबार हेटौंडा-४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा हुनेछ । मंगलबार सिन्धुपाल्चोकलाई फाइनल पुर्‍याउन एकमात्र गोल खेलको ५८ औं मिनेटमा रजनी श्रेष्ठले गरिन् । उनले डिबक्सभित्र ताप्लेजुङको खेलाडीको ह्याण्ड भएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दे गोल गरेकी थिइन् ।

खेलको प्लेयर्स अफ दी म्याच सिन्धुपाल्चोककी हिना जिरेल घोषित भइन् । प्रतियोगिताको विजेताले काठमाडौंमा हुने महिला राष्ट्रिय लिगमा प्रतिनिधित्व गर्ने मौका पाउनेछ ।

राष्ट्रिय लिगको मिति भने तोकिएको छैन । छनोटपश्चात् तोकिने बताइएको छ । मकवानपुर र रौतहट गरी दुई स्थानमा यस प्रतियोगिता सञ्चालन भइरहेका छन् । दुवैतर्फ १३/१३ जिल्लाका सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment