Comments Add Comment

गण्डकी विकास बैंकले एकैपटक थप्यो ६ वटा शाखा

१ साउन, पोखरा । गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

थप हुने शाखाहरुमा महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुर रहेका छन् ।

यससँगै बैंकको ६८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नै नेपालको पूर्वदेखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

यससँगै बैकका ६८ वटा शाखाहरुबाट पूर्ण बैकिङ सुविधा प्रदान हुने छ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा, एबीबीएस, एटीएम, मोबाइल बैंकिङ, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment