Comments Add Comment

कतार एयरवेजद्वारा २०१८ फिफा विश्वकप विजेता फ्रान्सलाई बधाई


१ साउन, काठमाडौं । फिफाको आधिकारिक पार्टनर तथा आधिकारिक एयरलाइन कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको विजेता फ्रान्सलाई उत्कृष्ट विजयको लागि बधाई ज्ञापन गरेको छ ।

कतार एयरवेजको च्यानल मार्फत मात्र २५ करोडभन्दा बढी भ्युज् सहित विश्वभर यस प्रतियोगिताका करिब २ अरब भन्दा बढी दर्शकहरु रहेका थिए । कतार एयरवेज सफलतापूर्वक यस संस्करणको विश्वकपको आयोजनामा साथ दिँदै अब २०२२ मा कतारमा हुने प्रतियोगिताको लागि तयारीमा केन्द्रित छ ।

फुटबल प्रशंसकहरुलाई एकजुट गर्न सफल २०१८ फिफा विश्वकप एक रोमाञ्चक प्रतियोगिता रह्यो र यस उत्सव मनाउने क्रममा कतार एयरवेजले प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रर्दशनीको लागि विशेष तरिकाले फिफाकै ब्राण्ड स्वरुप अनुसार एक बोइङ ७७७ विमान तयार गरेको थियो ।

आयरल्याण्डमा हस्त चित्रण गरिएको सो विमान मार्फत संसारको सर्वश्रेष्ठ यस एयरलाइनले आफ्नो यो महत्वपूर्ण साझेदारी प्रतिको प्रतिबद्धताको एक उदाहरण प्रकाश पारेको छ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्माननीय अकबर अल बकेरले भने क्रोएसिया माथिको महत्वपूर्ण जीतको लागि म सम्पूर्ण प|mान्सको टिम तथा फ्रान्सेली नागरिकहरुलाई हार्दिक बधाई दिन चाहन्छु । फुटबल तथा खेलकूद प्रतिको माया र उत्साहको माध्यमले संसारलाई एकजुट गर्न सफल यस भव्य उत्सवमा सहभागी हुन पाउँदा हामी गौरवान्वित भएका छौँ । यस प्रतियोगिताको उत्साह तथा विश्वभरका फुटबल प्रेमीहरुको अद्भूत जोशले हामीलाई अझ प्रेरित गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment