Comments Add Comment

टम्बो मोबाइल नेपाली बजारमा आउँदै

दुई सय दिनसम्मको रिप्लेसमेन्ट, वारेन्टी वर्षदिनको स्क्रीन रिप्लेसमेन्ट


१ साउन, काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो प्रवेश गर्ने तयारीमा रहेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली बजारमा आउन लागेको छ ।

टम्बोले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, जून अब नेपाली बजारमा पनि उपलब्ध हुन लागेको हो ।

टम्बो मोबाइल शंकराचार्य मोबाइल प्रालिले आधिकारिक रुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउन लागेको हो । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउनेछ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ

टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईनेछ ।

टम्बोका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा पि्रमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरपि्रन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् ।

यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् ।

टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।

कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको फ्याक्टि्रबाट यो ब्राण्डका मोबाइल फोन उत्पादन गर्ने गर्दछ । टम्बो ब्राण्ड यसअघि आइटेल मोबाइललाई भारतमा भित्र्याउने श्रेय पाएका सुधिर कुमारको कम्पनीअन्तरगत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment