Comments Add Comment

आइएमई जनरल इन्स्योरेन्सद्वारा एक अर्ब बीमा प्रिमियम संकलन

१ साउन, काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५मा कूल बीमा शुल्क रु.१ अर्ब ९२ लाख आर्जन गर्न सफल भएको छ ।

उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक गत वर्ष एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गर े ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिए ।

उनले कम्पनीको संचालक समिति, शेयरधनीहरु सहित कम्पनीमा अहोरात्र खटिएर कार्य गर्ने उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत सम्पूर्ण कर्मचारीहरको मेहनतको साझा परिणाम होे भन्दै सबैलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा कम्पनीलाई माया गरी कम्पनीसंग व्यावसायिक सम्बन्ध राख्ने ग्राहकप्रति हृदय देखि कृतज्ञता सहित धन्यवाद व्यक्त गर्दै श्रेष्ठले आउने दिनहरुमा गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment