Comments Add Comment

बोटलर्स नेपाललाई आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड’


१ साउन, काठमाडौं । इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ द्वारा सम्मान गरेको छ ।

साधारण क्षेत्र तर्फ उत्कृष्ट वाषिर्क प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाल लिमिटेडलाई सम्मान गरिएको हो ।

बोटलर्स नेपाल लिमिटेड सन् २०१५ मा दोश्रो रनरअप र सन्२०१६ मा पहिलो रनरअप भएकोे थियो भने यसपाली उत्कृष्ट अवार्डको उपाधि नै चुमेको छ  ।

उक्त सम्मान बोटलर्स नेपालका प्रोक्रुमेंट म्यानेजर प्रकाश रुङगटा, प्रबन्ध निर्देशक पुनित भार्सने र फाइनान्स कन्ट्रोलर अशोक मन्डलले लिनु भएको थियो ।  उक्त अवार्ड अर्थमन्त्री डा युवराज खतिवडाले प्रदान गरेका थिए ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्मान ग्रहण गर्दै भने ‘म बधाई दिन चाहन्छु सम्पूर्ण बोटलर्स नेपाल लिमिटेड परिवारलाई, जसको निरन्तर प्रयास र, समर्पणले आज यो उपलब्धि प्राप्त भएको छ । यसरी हामीलाई हरेक वर्ष आइक्यानले दिएको सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौशला प्रदान गरेको छ । यसले हामीलाई अझै खुल्ला र टास्पारेन्ट रुपमा कामगर्दै अगाडि बढ्न हौसला प्रदान गरेको छ । यो अवार्ड हाम्रा उपभोक्ता, पार्टनर्स, लगानीकर्ता, तथा अन्य सबै स्टेकहोल्डरहरुको सहयोगले मात्र संभव भएको हो । हामी भोलिका दिनमा अझ बढी उत्कृष्ट बनाउन लागिपर्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment