Comments Add Comment

हिमालय टेलिभिजनमा ‘जनतासँग प्रधानमन्त्री’


२ साउन, काठमाडौं । प्रधानमन्त्रीसँग अन्तरक्रिया गरिने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ बुधबार साँझदेखि हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ ।

साँझ ९ बजेदेखि १० बजेसम्म एक घण्टा प्रशारण हुने यो कार्यक्रम हरेक १५ दिनमा आउने छ । हिमालय टेलिभिजनसहित अन्य तीनवटा च्यानलमा पनि एकैसाथ यो कार्यक्रम प्रशारण हुने कार्यक्रमका प्रस्तोता एवं निर्माता मनोजराज पाण्डेले जानकारी दिए ।

कार्यक्रम निर्माणमा पत्रकार, अनुसन्धानकर्ता एवं विज्ञ गरी १५ जना जनशक्ति सहभागी हुने र यसमा लाग्ने सबै खर्च निर्माण संस्था कथा नेपालले व्यहाेर्ने पाण्डेले जानकारी दिए ।

निर्माण कम्पनीले कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ, जसमा प्रधानमन्त्री ओली रोएको दृष्यसमेत समावेश छ ।

सधैजसो उखान टुक्का, हँसिमजाक र छेडछाड गर्ने प्रधानमन्त्रीलाई के ले रुवायो त ? यसका लागि भने कार्यक्रम नै हेर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment