Comments Add Comment

प्रधानमन्त्री कार्यालयको पत्र रद्दीको टोकरीमा फाल्दै भारत उड्यो कृषिको जम्बो टोली

फाइल फोटो

२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७४/७५ मंगलबारबाट विदा भइसक्यो । तर, बजेट सक्न राज्य कोषको दोहन भने जारी नै छ । गतवर्षको स्वीकृत कार्यक्रमको नाममा भ्रमणमा बजेट दुरुपयोग गर्न आर्थिक वर्ष सकिएपछि कृषि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र त्यस अन्तरगतका परियोजना अझै पनि सक्रिय छन् ।

बजेट सक्ने प्रयोजनका लागि अवलोकन भ्रमणका नाममा कर्मचारीहरु लगातार भारत भ्रमणमा निस्किँदैछ छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारी अनावश्यक काममा विदेश भ्रमण नगर्ने सरकारको नियमलाई लत्याउँदै विदेश उडेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कर्मचारीको टोली पनि भारत उड्न तयारी गर्दैछ ।

सरकारले जारी गरेको निर्देशिका विपरीत भ्रमणमा जान लागेको भन्दै प्रधानमन्त्री कार्यालयले मंगलबार लेखेको पत्रलाई पनि रद्दीको टोकरीमा फालेर कर्मचारीको जम्बो टोली विदेश उडेको हो । मंगलबार र बुधबार मात्रै ३ पटक गरेर ६० जना कर्मचारी भारत भ्रमणमा निस्किएका छन् ।

कृषि विकास मन्त्रालयका उच्च अधिकारीले नै प्रधानमन्त्री कार्यालयको निर्देशन मान्नु नपर्ने भनेपछि कर्मचारीको भ्रमण नरोकिएको हो । बुधबार मात्रै २३ जना कर्मचारीको टोली भारत भ्रमणमा गएको छ ।

हालसम्म ६० जना कर्मचारी ७ दिनका लागि भारत भ्रमण गइसकेको परियोजना स्रोतले जानकारी दियो । यो भ्रमणलाई कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले नै स्वीकृति गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयको पत्र

नियम विपरित भ्रमण हुन लागेको पत्तो पाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कृषि विकास मन्त्रालयलाई साउन १ गतेदेखि कुनै पनि विदेश भ्रमणमा कर्मचारी नपठाउन भन्दै पत्र लेखेको थियो ।

प्रधानमन्त्री सहसचिव विनोदबहादुर कुँवरले भ्रमण रोक्नका लागि पत्र काटेका थिए । तर, त्यसलाई लत्याएर भोलि कृषि विकास मन्त्रालयका २२ जना कर्मचारीको टोली पनि भारत भ्रमणमा निस्कँदैछ ।

भ्रमणमा गइसकेका कर्मचारीको विवरण
भ्रमणमा गइसकेका कर्मचारीको विवरण
भोलि भ्रमणमा निस्किने मन्त्रालयको टोली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment